ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

;8s rf}8f agfOb} /fdk'/, @) ebf} . kfNkf tfg;]g at'{Ë ;8sv08cGt{ut sfhLkf}jf If]qdf 8f]h/ nufP/ ;8s rf}8f agfOFb} . t:jL/ M ;'zLnf /]UdL, /f;;


लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ ।

Advertisement 1

सो सडक निर्माणका लागि पटकपटक अवधि थप गरिए पनि निर्माण व्यवसायीले ढिलाइ गरेकाले बालाजु–त्रिशूलीरछहरे–विदुर सडक योजनाले ठेक्का तोड्ने निर्णय गरेको थियो । गत असार १६ मा ठेक्का तोड्ने निर्णय भएको याजनाका प्रमुख जगत प्रजापतिले बताए ।

निर्माण व्यवसायीले सो निर्णय भएको भोलिपल्ट नै अदालतमा मुद्दा हालेकाले अदालतले नयाँ ठेक्का अघि नबढाउन आदेश दिएको थियो । निर्माण शुरु भएको वर्षौं बित्दासमेत निर्माण व्यवसायीले निर्माणमा ढिलाइ गरेकाले ठेक्का तोड्नुपरेको उनले बताए । उनले भने, “सात पटकसम्म अवधि थप्दा पनि काम सकिएको छैन ।”

प्रकाशित :२०७७ फाल्गुन २०, बिहीबार ०९:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry