सुनसरीमा कुखुरा तस्करी बेसरी, नियन्त्रणमा सशस्त्र सधैंभरी

सशस्त्र प्रहरी बलले ३ लाख ३६ हजार बराबरको भन्सार छलीको अवैध सामन बरामद गरेको छ । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले आज किरानाका सामान, कपडा र कुखुरा बरामद गरेको हो ।
Advertisement 1
कोशी गाउँपालिका १ स्थित भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको किराना सामानहरु लौकहीबाट खटिएको टोलिले बरामद गरेको छ । जसको मूल्य ५२ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ । त्यस्तै दुहवीबाट खटिएको टोलिले बुढी पुलमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिराटनगरबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ७७४७ नम्बरको यात्रुबाहक बसलाई शंका लागी चेकजाँच गर्दा बिना बिल बिजकको लेडिज आईटमको लत्ताकपडा बरामद गरेको छ । जसको मूल्य ५९ हजार कायम गरिएको छ ।
त्यस्तै बराहक्षेत्र नगरपालिका १ स्थित कोशी पुलमा खटिएको ०५ जनाको टोलिले पशु क्वारेन्टाईनको बाटो छलि सर्लाहीको कविलासि न.पा-३ बाट धरान तर्फ प्र-२-०३ ००१० च ३७०९ नं. को पिक अप मा राखी ल्याउँदै गरेको ५ सय ५० वटा बोइलर कुखुरा बरामद गरेको छ । उक्त कुखुरा२ लाख २५ हजार मूल्य कायम गरिएको छ । साथै सवारी चालक सर्लाही हरीपुर नगरपालिकाका २४ बर्षका अशोक कुमारलाई नियन्त्रणमा लिई पशु क्वारेन्टाईन भान्टाबारीमा बुझाईएको छ । साथै बरामद सामनहरु सुनसरी भन्सार कार्यालयमा बुझाइएकाे छ ।