सशस्त्र प्रहरी बल बाराद्वारा १७ लाख ३० हजारको सामान बरामद

सशस्त्र प्रहरी बलले १७ लाख ३० हजारको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बाराद्वारा अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको कवाड सामान सहित पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।
Advertisement 1
बरैनियाबाट खटिएको टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला बारा विश्रामपुर गाउँपालिका १ मुसहर्वा सीमा ईलाकामा ना. ५ च २६६६ नम्बरको पिकअप भ्यानमा अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको अन्दाजी मुल्या २ लाख ३० हजार बराबरको कवाड सामान र अन्दाजी मुल्य १५ लाख बराबरको पिकअप भ्यान बाराम्द गरेको सशत्र प्रहरी बल बाराले जनाएको छ ।
कवाड समान र पिकअप भ्यान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
प्रकाशित :२०८० श्रावण १७, बुधबार २०:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%