सशस्त्र प्रहरी सुनसरीद्धारा १९ लाख भन्दा बढीको अबैध सामन बरामद

सशस्त्र प्रहरी बलले १९ लाख भन्दा बढीको अबैध सामन बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुनसरीले राजश्व छली तथा भन्सार छलीको अबैध समान २ वटा सिटिसफारी र १ वटा टाटा सुमो गाडी गरि १९ लाख २६ हजार ३ सय ९३ रुपैया बराबरको अबैध सामन साथै गाजा समेत बरामद गरेको हो ।

Advertisement 1

भोकाहा नरसिंह गाउँपालिका वडा नं. ६ स्थित पुर्व पश्चिम लोकमार्ग फुलचोकमा लौकही सुनसरीबाट खटिएको टोलीले २ लाख ५० हजार बराबरको सिटि सफारीमा लोड गरि अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको मुल्य ४४ हजार ८ सय बराबरको लत्ताकपड़ा बरामद गरेको छ । सो लत्ताकपडा र सिटि सफारी आवश्यक कारवाहीको लागी सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धुमा बुझाईएको छ ।

Advertisement 2

त्यस्तै हरिपुरले भोकाहा नरसिंह गाउँपालिका ६ प्रतिक्षालय स्थित पुर्व पश्चिम लोकमार्गमा ३ लाख बराबरको सिटि सफारीमा लोड गरि अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको २९ हजार १ सय ७० बराबरको किराना समान बरामद गरेको छ । सो सिटि सफारी र किराना समान आवश्यक कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहङ्गफेले जानकारी दिए।

Advertisement 3

त्यस्तै दुहबी नगरपालिका ६ स्थित बुढिपुलमा सवारी साधन चेकजाच गर्ने क्रममा बिना बिजकको ५४ हजार बराबरको लताकपडा बरामद गरेको छ । श्रीपुरले अवैधरुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको किराना समान र मोरट साईकलको पार्टस जि. सुनसरी कोशी गाउँपालिका २ कालि मन्दिर ईलाकामा बरामद गरेको छ । शिवधारा चेक प्वाईन्टमा धरान बाट धनकुटा तर्फ जादै गरेको ना १ ज ६३९२ को टाटा सुमो गाडीलाई शंका लागी चेकजाच गर्ने क्रममा बिल नभएको मोटर पार्टसहरुको समान भेटिएको हुदा कर छलेको आशंकामा बरामद गरी गाडी र मोटरपार्टसहरु आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको । उक्त गाडी र मोटरपार्टसहरु को जम्मा मुल्य रु १२ लाख २२ हजार ३ सय १३ मुल्य कायम गरिएको छ ।

सोहि स्थानबाट शिवधारा कोशी राजमार्गमा भोजपुरबाट ईटहरी तर्फ आउदै गरेको बा.३ ख ५७७१ नं. को यात्रुबाहक बसलाई शंका लागी चेक जाँच गर्दा उक्त बसको डिकी भित्र लुकाई छिपाई जिल्ला भोजपुर पौवादम्बा गाउँपालिका ६ बस्ने वर्ष १८ को अभिषेक राईले ल्याउदै गरेको ३ के.जी.५० ग्राम गाँजा बरामद गरेको छ । निज व्यक्तीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धरानमा बुझाईएको छ ।

 

प्रकाशित :२०८० श्रावण ४, बिहीबार ०८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry