माओवादी नेताको आडमा पुल्पुलाइएका दुई कर्मचारी
माओवादीका चार नेताका पीए बसेका गुल्मीका भीमकान्त भण्डारी अहिले भ्रष्टाचारको मुद्धा खेपिरहेका छन् । ग्रामीण विकास प्रशिक्षण केन्द्रमा रहेकै बेला उनी माओवादी नेता हितराज पाण्डे स्थानीय विकास मन्त्री हुँदा काजमा झापाबाट मन्त्रालयमा तानिएका उनी त्यसपछि माओवादी नेतृ आशा कोइराला महिला बालबालिका तथा समाजकल्याणमन्त्री भएका बेला सोही मन्त्रालयमा काजमा गए ।
Advertisement 1
कोइरालापछि कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा उनी अर्थमै काजमा सरुवा भए भने परराष्ट्रमन्त्री हुँदा पनि त्यहिँ रहे । पछि तत्कालीन नेकपाको सरकारका बेला वर्षमान पुन ऊर्जामन्त्री भएको केही समयपछि भण्डारी ऊर्जामै पुगे । उनले ऊर्जामन्त्रालयमा काजमा रहेकै बेला राजीनामा दिए ।
त्यही समयमा अख्तियारले अकुत आर्जनबाट ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ र ४४ थुपारेको र सम्पत्तिको श्रोत नदेखिएको भन्दै सम्पत्ति जफत गर्न अख्तियारले विशेष अदालतसँग माग गरेको थियो । विशेष अदालतले १२ लाख रुपैयाँ धरौटीमा भीमकान्तलाई छोड्यो । उनै भीमकान्तले मल आयातको सरकारी ठेक्कासमेत आफ्नो हिस्सामा पारेर गत वर्ष समयमै मल नल्याइदिँदा कृषकको बिचल्ली भएको थियो ।
Advertisement 2
किसान मल नपाएर छट्पटाइरहेको अवस्थामा सम्पर्कविहीन बनेको उनको कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले तीन वर्षका लागि कालोसूचीमा राखेको छ । यता, उनीविरुद्ध दायर भ्रष्टाचार मुद्दाको यही असार ३१ गते विशेष अदालतमा पेशी छ । त्यो पेशी सार्न उनको जोडदार तयारी भइरहेको बुझिन्छ ।
यसरी मन्त्री,नेतादेखि सांसदसम्मको आर्शिवाद पाए पछि कर्मचारीहरु कसरी मालामाल हुन्छन् भन्ने गतिला उदाहरण हुन मानबहादुर विके । एक जना राजश्व अधिकृतले जागिर खाएको ९ बर्षको अवधिमा कति सम्पत्ति आर्जन गर्न सक्ला ? सुख्खा तलबमात्र हिसाब गर्ने हो भने अधिकृत तहको कर्मचारीले बुझ्ने ४० हजार हाराहारी हो । जति नै खर्च कम गरे पनि यो तलबले दश बर्षमा मुस्किलले पाँच वा सात लाख बचत गर्न सकिएला । तर एक जना अधिकृतले यो अवधिमा झण्डै १५ करोड सम्पत्ति थुपार्न सफल पात्र हुन उनी । अकुत आर्जनदेखि राजश्व छलीजस्तो गम्भीर मुद्धामा मुछिएका उनी माओवादी निकट कर्मचारी । रोल्पाली माआवादी नेतादेखि मन्त्रीहरुको आर्शिवाद पाएका उनी करोडौं रकम झ्वाम पार्न सफल भए भन्सारमा हुँदा र पनि चोखाइएका छन् ।
Advertisement 3
माओवादीका नेताहरु बर्षमान पुनदेखि जनार्दन शर्मासम्मको आर्शिवाद पाएका विके रोल्पातिरकै कर्मचारी हुन । केही अघि उनी करोडौं आर्थिक अपचलनमा मुछिए । उनी भैरहवा भन्सारमा कार्यरत रहँदा एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिदको प्रयोग गरी अलग अलग दर्ता नम्बरहरु भएका मालवाहक ट्रकहरु जाँचपास गराएका थिए । यो प्रकरणमा डामिएर उनीसहित नासुहरु शिशिरविक्रम शाह, रामचन्द्र भट्ट, खरिदार अतुलकुमार शर्मा, दाहाल कमिसन एजेन्टका प्रोपाइटर जगतराज दाहाल, माँ मनकामना इन्टरनेशनलका प्रोपाइटर राजनप्रसाद तिमल्सिनाविरुद्ध अख्तियारमा मुद्धा दायर भएको थियो । अख्तियारले विशेषमा मुद्धा दायर गरेको थियो । जुन मुद्धामा विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनीहरुलाई सफाइ दियो ।
विशेषको मुद्दा नम्बर ०७५–सीआर–०३०० मा उनीहरुलाई विशेषले सफाई दिएको हो । रोल्पाका उनका सहकर्मीहरुले दिएको जानकारी अनुसार,त्यहाँ अलिसान बंगला ठडाएका छन् विकले । आजभन्दा ९ बर्ष अघि अर्थात ०६९ सालमा निजामती सेवा प्रवेश गरेका मानप्रसाद बिकले पछिल्लो ९ वर्षमा १५ करोडभन्दा बढी रकम अकुत रुपमा आम्दानी गरे पनि सो को स्रोत देखाउन नसक्दा सम्पत्ति शुद्धिकरणमा समेत मुद्धा परेको र सो अनुसन्धानकै क्रममा रहेको स्रोतले जनाएको छ ।
उनी निकटकाहरुका अनुसार विक ०७५ सालमा भैरहवा भन्सार कार्यालयमा पुगेका थिए । त्यही हुँदा हो १५ करोड हाराहारी उठाएको । उनीहरुविरुद्ध १५ जेठ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको थियो । साढे दुई बर्ष पछि काँग्रेस माओवादीको संयुक्त सरकार भएको मौका छोपी नेता तथा मन्त्रीहरुकै दबाबमा उनीसहितका बाँकीलाई चोख्याइएको सिंहदरबारस्थित अर्थ मन्त्रालयकै कर्मचारीहरु सुनाउँछन् । राज्यको दशौं करोड नोक्सान पु¥याएका उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय र ५३ लाख ९४ हजार बिगो भराइएको छ । जागिरे जीवनमा मालदार कार्यालयमा बसेर करोडौं लुट्यो र केही लाख रकम तिरे उन्मुक्ति पाउने भएपछि कर्मचारीहरुमा लामो हात गर्ने प्रवृत्ति मौलाउदै गएको छ । अहिले उनै विकलाई राजश्व अनुसन्धान विभागमा ल्याइएको छ ।
यस अघि जनार्दन शर्मा प्रभाकर स्वयंले बिकलाई यसअघि कर कार्यालय न्युरोडमा लैजाने तयारी गरेका थिए । अहिले राजश्व अनुसन्धान विभागमा पठाइएछ कतिपय कर्मचारीलाई दूधको साक्षी विरालोलाई बनाइयो भन्दै आलोचना गर्न थालेका छन् ।