अपरान्ह मन्त्रिपरिषद्को बैठक,को-को छन् सचिव बढु्वा हुने लाइनमा ?

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा सरकारका कामकारबाही, मन्त्रालयगत नियमित एजेण्डाका साथै सचिवको बढुवाको विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
सचिव बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले बरिष्ठ तीन सहसचिवलाई बढुवाका लागि सिफारिस गरेको छ । सहसचिवत्रय लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्याय सचिव बढुवाका लागि सिफारिस भएका छन् ।
क्याविनेटले यी तीन मध्ये एक जनालाई सचिवमा बढूवा गर्ने प्रवल सम्भवना रहेको छ । गत असार पहिलो साता नै घर जान लागेका सचिव बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाइएसँग एक सचिव पद रिक्त छ,यस्तै असार ४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा कार्यरत यादवप्रसाद कोइराला घर गएका छन् भने यही साता राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रामप्रसाद थपलिया घर जाँदैछन् ।
सरकारले आज तीन सहसचिव मध्ये कुनै एकलाई सचिवलाई बढुवा गर्दा एक सचिव पद रिक्त रहनेछ भने अर्काे साता थपलिया घर गए सँगै अर्काे पद पनि रिक्त हुने छ ।
बढुवा सिफारिस भएकामध्ये महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन्, लक्ष्मीकुमारी बस्नेत, चीनको सिचुवान प्रान्तको छेन्दु शहरस्थित नेपालको महावाणिज्यदूत दिनेशकुमार घिमिरे रहेका छन् र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सहसचिव घनश्याम उपाध्याय छन् । यी तीन मध्ये पहिलो नम्बरमा सिफारिस भएकी लक्ष्मी बस्नेत सचिवमा उक्लने प्रवल सम्भवना छ ।