अदालतको प्राङ्गणमा न्यायाधीश सरुवाकाे माग

ललितपुर जिल्ला अदालतमा कानुन ब्यवसायी र कर्मचारीबीच विवाद चर्कंदै गएको छ ।
Advertisement 1
अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेपछि कानुन व्यवसायीहरूले पनि बहस पैरवी छाडेर घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् ।
गत बुधबार जिल्ला अदालत ललितपुरमा कार्यतर नायव सुब्बा तामाङमाथि लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीले हिजो अदालतको काम ठप्प पारेका थिए । उता नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा आज बहसपैरवी नगर्ने घोषणा गरेको थियो ।
Advertisement 2
सोहीअनुसार आज उनीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनकारी अधिवक्ताहरुले लामिछानेविरुद्ध लगाइएको मुद्दा झुठो भएकाले अविलम्ब खारेज गर्नुपर्ने माग राखेका छन् । कानुन व्यवसायीहरुले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशको तत्काल सरुवा हुनुपर्ने माग गरेका छन् ।
विरोध प्रदर्शनमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफूहरूको अभियान अदालतको कर्मचारी र न्यायाधीश विरुद्धको अभियान नभएको र भ्रष्टाचारविरोधीको अभियान भएको बताए । उनले कानुन व्यवसायी पनि घुसखोर छ भने निर्मम भएर लाग्ने जिकिर गरे । घिमिरेले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले अदालतभित्र हुने भ्रष्टाचारीलाई कसैले पनि जोगाउन नसक्ने स्पष्ट पारे ।