स्वास्थ्यमन्त्री बस्नेतद्वारा पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिएका हुन ।
Advertisement 1
फोक्सोमा समस्या देखिएपछि उनलाई शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार डा अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको छ ।
यसैबीच मन्त्री बस्नेतले आजै वीर अस्पतालमा आफ्नो दाँतको उपचार गराएका छन । अस्पतालका निर्देशक डा पौडेलका अनुसार आज बिहान उनले दाँतको उपचार गराएका हुन ।
प्रकाशित :२०८० असार १७, आईतवार १३:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%