अष्ट्रेलियाको एनआरएन अध्यक्ष बन्न यतिसम्म गर्दैछन् अनिल

गैर आवासीय नेपाली संघ अष्ट्रेलिया यतिखेर चुनावी अभियानमा जुटेको छ । आगामी जुलाई २९ मा हुने निर्वाचनको लागि अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरू आगामी नेतृत्वको चयनको लागि लागिपरेका छन् । अष्ट्रेलियाको नियमन निकाय एसिकमा दर्ता भएको एनआरएन अष्ट्रेलियाका हालका पदाधिकारी नै पैसा खर्च गरेर सदस्य खरिद गर्न लागेका प्रमाणहरू सामाजिक सञ्जालमा छरपष्ट भएका छन्। हालका कोषाध्यक्ष एवं अध्यक्षको उम्मेद्धारी घोषणा गरेका अनिल पोखरेलले आफ्नो बैंक एटिएम कार्ड नै दिएर सदस्य बनाइरहेको प्रमाण भेटिएको छ ।

Advertisement 1

पोखरेलले आफ्नै नाममा रहेको एएनजेड बैंकको डेबिड कार्डको नम्वर सहित र कार्ड पछाडीको समेत फोटो खिचेर विभिन्न व्यक्तिहरूलाई पठाई सो कार्ड प्रयोग गर्न र २५ डलरको सदस्यता बापतको शुल्क तिर्न आग्रह गरेको भेटिएको छ । साथै पोखरेलले आफ्नो कार्ड प्रयोग गरि सदस्यता बनिसकेपछि सो को जानकारी आफूलाई दिनु भनि म्यासेजमा उल्लेख गरेका छन् ।

Advertisement 2

पोखरेल आफै बोर्ड अफ डाईरेक्टर भएको ब्यक्ति अध्यक्ष बन्नका खातिर डलर खर्च गरेर सदस्य किन्न लागिपरेको सुन्दा अचम्मित लागेको एनआरएनएका एक पदाधिकारीले बताए ।

पोखरेलले संस्थाको विधि र बिधान विपरितको रवैया अपनाई पैसा खर्च गरेर सदस्य बनाउन लागिपरेपछि आजित भएपछि उनको यो कदमको बिरूद्ध संस्थामा उजुरी समेत परिसकेको पनि स्रोतले बताएको छ ।

Advertisement 3

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा यतिखेर तिन जनाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षको प्रत्यासीका रूपमा हालका उपाध्यक्ष देब गुरूंङले उम्मेदवारी घोषणा गरि सदस्यता बृद्धिका लागि लागिपरेका छन् । एमाले समर्थितहरूको साथ पाएका गुरूंङ दुईपटक उपाध्यक्ष भइसकेका पूर्व सैनिक हुन् भने सामाजिक कार्यमा उनको सकृयताको प्रशंसा पनि गरिने गरिन्छ। उता कांग्रेस समर्थित प्रजातान्त्रिक पक्षधरहरूको तर्फवाट डिला खरेल आधिकारिक उम्मेदवारको रूपमा मैदानमा उत्रिएका छन् भने अध्यक्षको उम्मेदवारका रूपमा प्रजातान्त्रिक उम्मेदवारका बागी बिद्रोही उम्मेदवारको रूपमा अनिल पोखरेल लागेका छन् ।

रजिष्टर सदस्यहरूले मात्र मतदान गर्न पाउने भएका कारण सदस्यता बृद्धि र आफ्नो पक्षका सदस्यहरू वनाउन निर्वाचनमा होमिएका उम्मेदवारहरू कम्मर कसेर नै लागेका छन् ।

प्रकाशित :२०८० असार ९, शनिबार १६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry