मोबाइल दर्ता गर्ने समय असार मसान्त
भन्सार विभागले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा मोबाइल दर्ता गर्न असार मसान्तसम्मको समय दिएको छ ।
Advertisement 1
विभागले आज एक सूचना प्रकाशित गर्दै एमडीएमएस प्रणालीमा विभिन्न कारणले दर्ता नभएका मोबाइल तोकिएको राजस्व बुझाएर असार मसान्तसम्म दर्ता गर्न अनुरोध गरेको हो । व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ । निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्ता गर्न सक्ने छन् ।
दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नु पर्नेछ । प्राधिकरणले नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए नभएको एकिन गरी खरिद गर्न सकिन्छ ।
Advertisement 2
सूचनामा भनिएको छ ‘आर्थिक विधेयक २०८० को दफा २४ मा भएको व्यवस्थाअनुसार २०८० जेष्ठ १५ सम्म नेपालमा पैठारी भई एमडीएमएस प्रणालीमा विभिन्न कारणले दर्ता हुन बाँकी रहेका मोबाइल फोनहरुको दर्ता प्रयोजनको लागि अनलाइन माध्यमबाट तोकिएको राजस्व बुझाउन सक्ने व्यवस्था गरिएको छ उक्त प्रयोजनको लागि नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गई निर्दिष्ट गरिएको विवरण भरी तोकिएको राजस्व बुझाई आफुले प्रयोग गरेको मोबाइल फोन २०८० असार मसान्तसम्म दर्ता गर्नुहुन सरोकारवाला सबैलाई जानकारी गराइएको छ ।’