श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित जेठ ३० गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पुर्बी चम्पारणका राम निवास प्रसाद यादबलाई विओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका यादबलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाईएको छ ।
प्रकाशित :२०८० जेष्ठ ३०, मंगलवार २३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry