आरआर क्याम्पसमा ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड(माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।
ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ । झडपमा परी एक जना विद्यार्थी नेता घाइते भएका छन् ।
झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले अनलाइनखबरलाई बताए । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए ।
प्रकाशित :२०७७ फाल्गुन ४, मंगलवार १५:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%