कर्मचारीलाई तलब खुवाउनै सकस, २० अर्ब ऋण उठाउँदै

सरकारलाई आफ्ना कर्मचारीहरुलाई तलब खुवाउनै सकस पर्न थालेको छ । अर्थ मन्त्रालयका अधिकारीहरु चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नहुनुका साथै वैदेशिक सहयोग पनि लक्ष्यअनुसार परिचालन नभएकाले सरकारी कोषमा दबाब परेको बताउँछन् । सरकारलाई खर्च व्यवस्थापन गर्न कठिनाई परेका अर्थका ती सहसचिवको भनाई छ ।

Advertisement 1

गत ०७९ साउनदेखि चैत्रसम्मको अबस्थालाई हेर्ने हो भने आम्दानीभन्दा खर्च बढी भएकाले संघीय सरकारको सञ्चित कोष घाटामा छ । सोही कारण हो सरकारलाई आफ्ना कर्मचारीलाई तलब खुवाउन समेत सकस पर्न थालेको छ । सरकारले समयमा भुक्तानी पठाउन नसक्दा झण्डै २२ हजार शिक्षकले पेन्सन पाउन सकेका छैनन् । सरकारसँग पैसा नभएपछि यसअघि नै अर्थमन्त्रालयले सेवा निवृत्त कर्मचारीको पेन्सन रोकेको थियो । चैत अन्तिम सातादेखि सरकारले असार मसान्तसम्मका लागि भन्दै पेन्सन पाकेका कर्मचारीको उपदान, औषधि उपचार खर्च र सञ्चित बिदाको रकम समेत रोकेको अर्थका ती अधिकारी बताउँछन् ।
अहिलेकै झैं राजश्व संकलनको संकुचन बढ्दै गए सरकारलाई दैनिक प्रशासनिक खर्च चलाउन समेत सकस पर्ने कर्मचारीहरु बताउँछन् ।

यसरी कर्मचारीलाई तलब खुवाउन नसकेपछि सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले नेपाल राष्ट्र बैंक मार्फत कर्मचारीलाई तबल खुवाउनका लागि २० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

प्रकाशित :२०८० बैशाख ११, सोमबार ०९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry