अब १० करोडसम्मको विदेशी लगानी स्वीकृत अनलाईनबाटै

उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ। हिजो पत्रकार सम्मेलन गरेर विभागले वेबमा आधारित स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको बारेमा जानकारी दिएको हो।

Advertisement 1

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपा राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरु स्वचालित (अटोमेटिक रुट) बाट प्रदान गर्न सकिने व्यवस्था गर्न लागिएको हो। २ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागिएको हो।

हाल विद्यमान रहेको प्रक्रिया झन्झटिलो भएकाले यसलाई सरलीकृत गरेर सिधै स्वचालित मार्गबाट हुने व्यवस्था गरिएको विभागले जनाएको छ । न्यूनतम आवश्यक डकुुमेन्ट पूरा गरेका लगानीकर्ताको विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुँदा छिटोछरितो हुने महानिर्देशक रामचन्द्र तिवारीले बताए । “यसअघि अनलाइनबाट विदेशी लगानी स्वीकृत भए पनि कर्मचारी आवश्यक पर्ने हुँदा झन्झटिलो थियो, अब स्वचालित हुँदा लगानीकर्तालाई लगानी गर्न सहज हुन्छ­­,” उनले भने।

Advertisement 2

‘राजपत्रमा सूचना निकालेर यो प्रणाली जेठ १ देखि पूर्ण रुपमा लागू गर्ने तयारी छ’ उनले भने । ‘विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्बद्ध निकायलाई प्रणालीमार्फत नै स्वचालित रुपमा हुनेछ’ विभागले एक विज्ञप्तिमार्फत भनेको छ ‘लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृत लिइरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हुन् ।’ यो प्रणाली लागू भएपछि विदेशी लगानी स्वीकृत गर्न उद्योग विभाग आउनु पर्दैन ।

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरेपछि त्यस्तै लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीबाट पेस गर्नुभन्दा पहिले सम्बन्धित विद्युतीय लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनुपर्ने भएमा सच्याउन सकिने व्यवस्था नियमावलीमा गरिएको छ । विदेशी लगानी स्वीकृतका लागि विभागको विद्युतीय प्रणालीमा पेस भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बरसहितको लगानी स्वीकृत भएको जानकारी दिइने छ ।

Advertisement 3

स्वचालित मार्गबाट विदेशी लगानी गर्न सकिने उद्योग वा व्यवसायहरूमा ऊर्जामूलक, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित, सेवामूलक, उत्पादनमूलक उद्योगहरू रहेका छन् । उक्त प्रणाली अन्तर्राष्ट्रिय अभ्यासमा आफैँमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक रहेको भारत,बंगलादेश लगायतका मुलुकहरुमा भएको अभ्यासले देखाएको छ ।

प्रकाशित :२०८० बैशाख ८, शुक्रबार १०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry