रेजिना र मोहनमध्ये कसलाई रोज्ने ?
भिडन्त छ, ‘बूढो बाघ र तन्नेरी स्याल’को । यो लडाईंमा कुनचाहिँ डुब्ने र को उत्रने हो हेर्न बाँकी नै छ । चल्तापुर्जा कलाकार मोहन निरौला र रेजिना उप्रेती अहिले कलाकार संघको निर्वाचनमा होमिएका छन्, अध्यक्षको उम्मेदवार भएर । अध्यक्षको रूपमा लड्ने रहर गरेका रवीन्द्र खड्का, सविन श्रेष्ठ र सुशान्तकुमार श्रेष्ठले मैदान छाडिदिएपछि यी दुईलाई सहज भएको छ, भिड्न । कलाकर्मीले नै उनीहरूबीचको प्रतिस्पर्धालाई ‘बूढो बाघ र तन्नेरी स्याल’को उपमा दिएका छन् ।
Advertisement 1
पाका कलाकार निरौला हाल उपाध्यक्षका साथै प्रवक्ताको भूमिका छन् । उता, दुई दशकदेखि निरन्तर कलाकार संघको सदस्य, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएका कारण आफू अध्यक्षको प्रवल दावेदार रहेको रेजिना बताउँछिन् । चलचित्र कलाकार संघ फिल्म अभिनयमा संलग्न कलाकारको छाता संस्था हो । सदस्यता नवीकरण, कार्ड वितरण र आर्थिक प्रतिवेदनलाई लिएर लफडा परिरहेको यो संघको निर्वाचन हुँदै छ ४ चैतमा ।
उपाध्यक्षमा सात जना उठेका छन्, धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजाल, त्यस्तै महासचिवमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीसहित ५ जना । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवाल, सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यसहित २६ जना सदस्य पदका लागि लड्दै छन् ।
Advertisement 2
रेजिनाको प्यानलबाट दुई उपाध्यक्ष उम्मेदवारमा शिवहरि नेपाल ‘वैरागी’ र सरिता गिरी रहेका छन् । यसैगरी, महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा विनोदकुमार भट्टराई रहेका छन् । यस्तै, रेजिनाको समूहबाट कार्यसमिति सदस्यको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु), नितु कोइराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डीबी) ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, राजकुमार कार्की, खिन्न भण्डारी (भोला) निर्मल स्याङतान (बुद्धिमान), लक्ष्मण चौलागाई (खिम्तेकाका), राजेश गोसाईं रहेको पनि अभिनेत्री रेजिनाले कार्यक्रममा बताइन् ।