एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर विक्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आज देखि विक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ७५ हजार कित्ता संस्थापक शेयर विक्री मा ल्याएको हो ।

Advertisement 1

उक्त शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ७०६ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

साथै माघ २० गते पश्चात कोषबाट घोषणा हने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश स्वीकृती आवेदनकर्ताले प्राप्त गर्न सक्नेछन् ।  विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित :२०७९ माघ २१, शनिबार १२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry