नेपाल एसबीआई बैंकको खुद नाफासँगै इपीएस पनि बढ्यो
नेपाल एसबीआई बैंकले खुद नाफामा ५०.३९% वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब १७ करोड ९१ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसैअवधिमा भने ७८ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ५५.९१% र सञ्चालन नाफा ४९.८८% ले वृद्धि भएपछि खुद नाफा पनि बढेको हो । यसअवधिमा एसबीआईको वितरणयोग्य नाफा १ अर्ब २१ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
यता, खुद नाफामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ३ पैसाले बढेर २३ रुपैयाँ ९६ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ ६९ पैसा रहेको छ । पुस मसान्तसम्म नेपाल एसबीआई बैंकको खराब कर्जा ०.४७% रहेको छ भने कस्ट अफ फन्ड ७.९५% पुगेको छ । रिजर्भ कोष पनि १०.०५% ले बढेर ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी कायम भएको छ ।
प्रकाशित :२०७९ माघ ८, आईतवार १०:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%