बचतकर्ताको रकममा सहकारी सञ्चालकको मस्ति,पैसा फिर्ता माग्दा उल्टै हप्की

अञ्जनकुमार
गत कार्तिक २० गतेसम्म कालिका सहकारीले बचतकर्ताहरुलाई सबै रकम चुक्ता गर्न नसके पनि २० प्रतिशत रकम फिर्ता गर्ने र बाकी किस्ता बन्दीमा फिर्ता गर्दै जाने गरि जिल्ला प्रहरी कार्यालय लमजुङका तत्कालीन डिएसपी कृष्णबहादुर कार्कीको रोहवरमा कालिका सहकारी र पीडित पक्ष बीच सहमति भएको थियो । दुखजेलो गरि बचत गरेको रकम कालिकाका संचालकहरुले मनोमानी ढंगले हिनामिना गरेपछि बचत कर्ता मध्येकी बेशीशहर ११ रामचोक कि मीना भुजेल रातदिन बुढाको खप्कीले तनावग्रस्त बनेकी छन । कतारबाट पठाइएका रकम ३ लाख ३७ हजार मीनाले खाइनखाइ सो सहकारीमा जम्मा गरेकी थिइन ।
Advertisement 1
दशैमा श्रीमान स्वदेश फर्कने भए पछि मीनाले पटकपटक पैसा फिर्ता मागिन । तर पैसा फिर्ता पाउनुको सट्टा संचालकहरुको हप्की खेप्नु पर्यो । मीना मात्रै हैनन सो सहकारीमा पैसा जम्मा गरेका अधिकांशको आज बिल्लीबाठ भएको छ ।
Advertisement 2
गिट्टी कुटेर पैसा जम्मा गरेकी धादिङ घर भइ लामो समयदेखि बेशीसहरमा बस्दै आएकी कमला लामा हुन वा बेशीशहर प्रशासन चोकमा स्टेशनरी पसल संचालन गर्दै आएका शारीरिक रूपमा अशक्त काशीराज गुरुङ, कार्तिक मै फिर्ता गर्छु भनेका थिए सहकारी संचालकहरुले तर जम्मा गरेको २० लाख अहिलेसम्म फिर्ता नआएपछि अदालतको ढोकामा पुग्नुको विकल्प देखेका छैनन् । ५२ लाख जम्मा गरेकी तैमाया गुरुङले त तत्कालीन अध्यक्ष मृगेन्द्र घिमिरेकै कारण सहकारी यो हालतमा पुगेको आरोप लगाइन ।
Advertisement 3
न सावा न ब्याज । ब्याज खाने आशामा सहकारीमा राखेको रकम संचालकहरुले कसरी हिनामिना गरे पुर्ब प्रबन्धक बेदराज खनियाँ समेत बेखबर छन ।
२०५६ सालमा स्थापना भएको कालिकासग २०७७ असारमा सम्पदा र कर्पुरेश्वर एक भएका थिए । दुई सहकारी एकाकार भएर २३ करोड पुँजीको सहकारी केही महिना मै ओरालो लाग्यो ।
कालिकामा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाउनु र सहकारीले गरेको लगानी पनि नउठेको भन्दै मनाङ रिकभरीलाई सहकारीले गुहार्यो । दिनेश पाण्डेको नेतृत्वमा आएको रिकभरी सेन्टरले सहकारीको लगभग ६५ लाख उठाइपनि दियो तर पीडितहरुले भने आफ्नो बचत गरेको रकम फिर्ता पाएका छैनन् ।
यता, सम्पदा सहकारी हुँदाका बखत २०८२ असारसम्म चुक्ता गर्ने तमसुक सहित ऋण लिएकी बेनपा ७ कि कृष्णकुमारी बगालेले निर्धारित समयमा ब्याज सहित किस्ता तिर्दै आएपनि सोही सहकारीले बगाले सहित ४३ जनालाई खराब ऋणीको सुचीमा राखी लमजुङबाट प्रकाशित एक पत्रिकामा नाम प्रकाशित गरिदिएको छ ।
कृष्णकुमारी बगालेका अनुसार दुई चारदिन ढिला भएपनि आफुले किस्ता तिर्दै आएको र अझै तीनबर्ष भाका अबधि हुँदाहुँदै आफ्नो आचरणमा ठेस पुग्ने गरि सहकारीले सूचना प्रकाशित गरेको प्रति आपत्ति जनाएकी छन ।
सर्वसाधारणले बचत गरेको रकममा मोज गरेर संचालकहरु सहकारी डुबाउने, अनि हामी नियमित रूपमा कर्जा चुक्ता गर्दै आउनेलाई ठाम्ने ? भन्दै बगालेले आक्रोश पोखेकी छिन् । भने सहकारीले आफ्नो बचाउ गर्दै हिजो एक बिज्ञप्ती प्रकाशित गरी ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।