देविप्रसाद भट्टचनसहित ६ ‘आयातित’लाई एमालेमा समानुपातिकको अवसर

एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व अर्थमन्त्री युवराज खतिवडा दाहिना हुँदा एक जना बैंकरको भाग्य चम्केको छ । नेकपा एमालेले समानुपातिकको बन्द सूचीमा ३४ जनाको नाम बुझाउँदा बैंकर देवी भट्टचन पहिलो नम्बरमा परेका छन् ।

Advertisement 1

आदीवासी जनजातीतर्फ १४ जनाको नाम सिफारिस हुँदा भट्टचनको नाम पहिलो नम्बरमा परेको छ ।

बागलुङका भट्टचन यस अघि नेपाली काँग्रेसमा थिए । उनले २ नम्बर क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्न चाहेका थिए । तर काँग्रेसबाट प्रत्यक्षमा उमेद्धार बन्न सकेनन् । प्रत्यक्षमा टिकट नपाउने संकेत पाएपछि समानुपातिकबाट बल गरे । समानुपातिकमा समेत नअट्ने पक्कापक्की भएपछि एकैचोटी राजनीतिक यु टर्न’ लिए ।
काँग्रेसबाट समानुपातिकको उम्मेदवार सूचीमा आफू अनुकूल जनजातिको कोटामा नपारिएपछि उनले अनौपचारिक रुपमा पार्टी नै फेरिदिए ।
रातारात कमरेड मात्र बनेनन् एमालेको समानुपातिकको बन्द सूचीमा जनजातितर्फको एक नम्बरमा राखिदियो ।

Advertisement 2

गत वर्ष नेपाली काँग्रेसको १४ औं अधिवेशनमा बागलुङ सदरमुकामको चर्चित होटलमा बसेर भट्टचनले नेपाली काँग्रेसका जिल्ला सभापतिका उम्मेदवार जीत शेरचनलाई जिताउन सकेको बल गरेका थिए ।

युवराज खतिवडा अर्थमन्त्री हुँदाको सम्बन्धका कारण भट्टचन एमालेको कोटाबाट समानुपातिक सांसद बन्न सफल भएको उनी निकट एक व्यवसायीले सुनाएका छन् ।
जतिखेर युवराज खतिवडा गभर्नर थिए त्यतिखेर ग्राण्ड बैंक मर्ज गर्दा कायम भएको सबै खालको सम्बन्ध पछिल्लो समय झन् गाढा भएको हो । बालकोटलाई कन्भिन्स समेत युवराजले गराएको बताइन्छ ।

Advertisement 3

नेकपा एमाले निर्माणका खुन,पसिना बगाएकाहरुले माननीय बन्नबाट बञ्चित हुँदा केही महिना अघिमात्र कमरेड बनेर एकनाथ ढकाल,देविप्रसाद भट्टचन,उपसभामुख गंगाप्रसाद यादवसहित समानुपातिक सूची बनाउनु अघिल्लो दिन एमाले प्रवेश गरेकी अमृता अग्रहरि लगायतका आयतित ६ जनाले बाजी मारेका छन् ।

प्रकाशित :२०७९ मंसिर २५, आईतवार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry