महानगर प्रशासनमा जात्रै जात्रा :-सिपाही विनाका ५ एसपी

 

Advertisement 1

‘सिपाही विनाको कमाण्डर’ त्यो पनि एक महिना,दुई महिना होइन डेढबर्षदेखि यस्तो गाइजात्रा अन्यन्त्र होइन देशकै ठूलो महानगरपालिका बागदरबारमा ।

जहाँ एसपीमात्र पाँच जना छन् तर सिपाही एउटै छैनन् । विष्णु जोशी,राजु पाण्डे,धनपति सापकोटा,दिनेश अर्याल र मनोज लामिछानेहरु एसपी छन् उनीहरुको अण्डरमा ६ जना डिएसपी (१ रिक्त) ३३ इन्सपेक्टर,सई ४२ (२ रिक्त) र असई ३३ ३ रिक्त) ) र ६३ हवल्दार तर उनीहरु अण्डरको सिपाही छैनन् । जवकी फौजीमा १: ४ कै हिसाबले चले पनि एउटा हवल्दार मातहतमा कम्तिमा ४ जना सिपाही अनिवार्य रहनुपर्ने हो तर यस्तो भद्रगोल ढंगले ०७७ साल चैत्रदेखि चलिरहेकै छ काठमाडौं महानगरपालिकाको नगर प्रहरी ।

Advertisement 2

जतिखेर विद्यासुन्दर शाक्य मेयर थिए उनले काठमाडौँ महानगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा सर्त एवं सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ जारी गरे र त्यहाँ कार्यरत स्थायी दरबन्दीका १५५० कर्मचारीका साथैं १८२ जना नगर प्रहरीको एक तह/स्तर बढुवा गरे ।

ऐनमा महानगरपालिकाभित्र प्रशासन,स्वास्थ्य,इञ्जिनियरिङसहितका ६ सेवा समूहका कर्मचारीलाई बहाल पदबाट एक तह बढूवा गरिँदा नगर प्रहरी पनि एक तह उक्लिए तर कस्तो भद्रगोल भइदियो भने भए भरका नगर प्रहरीमा उपल्लो तहमा बढूवा गरिँदा सिपाही तहका जनशक्ति शून्य । बढुवा गरिँदा न त तिनको शैक्षिक योग्यता ख्याल गरिएको छ, न त अन्य कुनै मापदण्ड नै टेकियो ।

Advertisement 3

यसरी कर्मचारी एक तह बढूवा गरिँदा अभिभावक संस्था बाग्मती प्रदेश लोकसेवा आयोगको परामर्श समेत नलिएको वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ सुनाउँछन । कानुनकै बर्खिलाप हुनेगरी देशकै ठूलो महानगरपालिकाले आफूलाई सर्वेसर्वाे ठान्यो र मनलाग्दी ढंगले आफ्ना कर्मचारीहरुको एक तह बढूवा गरिएको बिषयमा प्रदेश लोकसेवा आयोगले पटक पटक ध्यानाकर्षण गरायो ।

जस्लाई महालेखा परीक्षकको कार्यालयले कैफियतपूर्ण कदम भनेर सच्याउनका लागि उस्को प्रतिवेदनमार्फत निर्देशन समेत दिएको छ । यस अघि झण्डै २ सय स्थानीय तहले त्यहाँ कार्यरत कर्मचारीको स्वत एक तह बढूवा गरेको लोकसेवा आयोगले अधिकांशको बढूवा बदर गरिसकेको छ ।

प्रशासनका तत्कालीन कमाण्डरहरुले प्रहरी बलका १ सय ८२ जना प्रहरीले एक महिनाको तलब नजरानावापत बुझेको र स्वत एक तह बढुवा हुने अवसर पाएको चर्चा पनि त्यतिखेर नचलेको हो ।

महानगरपालिकाले नगरप्रहरीका अनुसार प्रहरी बलमा २ सय १९ को स्वीकृत दरबन्दी रहे पनि त्यतिखेर बहाल रही बढुवा भएका प्रहरी १८२ जना थिए । सिपाही नै नहुँदा अहिले फिल्डमा खटिने जनशक्ति नभएर महानगरपालिका हैरानी खेप्दैछ । यसरी समायोजन पछि एक तह माथि उकालिँदा महानगरपालिकालाई महिनामा करिब ३० बार्षिक झण्डै ३ करोड ६० थप व्ययभार थपिन पुगेको महानगरपालिकाको हिसाब किताब छ ।

डेढ बर्षसम्म सिपाही विना चलेको महानगर प्रहरीले अहिले १६२ जना सिपाही भर्ना प्रक्रिया अगाडि बढाएको छ आउटसोर्सिङ मार्फत । महानगरपालिकाको एसपी राजु पाण्डेले कानुनी अड्चनका सिपाही नियुक्तीमा समस्या रहेकोमा अबको हप्ता दिनभित्रै १६२ नगर सिपाही नियुक्त हुने सुनाए ।

नेपाली सेना,सशस्त्र,प्रहरी अवकाशप्राप्त व्यक्तिहरुलाई सिपाहीमा भर्ती गर्न लिन लागिएको छ । महानगर सिपाहीप्रति खासै आकर्षण पनि देखिदैंन जहाँ केही अघि ९० सिपाही माग्दा ६७ जनाको मात्र आवेदन परेको थियो ।

सिपाही विनाको कमाण्डर हुँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा महानगरकै अर्काे एक एसपीले भने ‘संविधानले एउटा व्यवस्था गर्दछ । त्यसलाई ऐनले काट्छ,नियमावलीले उल्टाउछ अनि आदेश अर्कैथरी आउँछ । यो परिपाटीले कसरी महानगरपालिका चल्छ र ?’

 

प्रकाशित :२०७९ मंसिर १८, आईतवार १०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry