७२ स्थानको नतिजा आउँदा कसले कहाँ जिते ? ( विवरणसहित)

गत मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । हालसम्म ७२ क्षेत्रको नतिजा सार्वजनिक भएकोमा नेपाली काँग्रेसले २९ स्थानमा बिजय हासिल गरेको छ । यो समाचार तयार पार्दासम्म काँग्रेस २७ स्थानमा अगाडि छ । यस्तै नेकपा एमालेले १५ स्थानमा बिजय हासिल गरेको छ भने २९ स्थानमा अग्रस्थानमा छ ।

Advertisement 1

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानबाट विजय हासिल गरेको छ र चार स्थानमा अगाडि छ । माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ । माओवादी ९ स्थानमा अगाडि छ । यस्तै नेकपा एसले सात स्थानबाट विजय हासिल गरेको छ । तीन स्थानमा अग्रस्थानमा छ ।
राप्रपाले दुई ठाउँबाट विजय हासिल गरेको छ उ ३ स्थानमा अगाडि छ ।

यस्तै जनता समाजवादी पार्टीले १ ठाउँबाट जितेको छ भने ६ स्थानमा अगाडि छ ।

Advertisement 2

हेर्नुस् सूची

नेपाली कांग्रेस
१) काठमाडौं-१: प्रकाशमान सिंह

२) काठमाडौं-३: सन्तोष चालिसे

Advertisement 3

३) काठमाडौं-४: गगन थापा

४) काठमाडौं-५: प्रदीप पौडेल

५) काठमाडौं-१०: राजन केसी

६) मनाङ- टेकबहादुर गुरूङ

७) मुस्ताङ: योगेश गौचन

८) तनहुँ-२: शंकर भण्डारी

९) सुर्खेत-२: हृदयराम थानी

१०) ललितपुर-१: उदयशमशेर राणा

११) पर्सा-४: रमेश रिजाल

१२) डडेल्धुरा: शेरबहादुर देउवा

१३) रसुवा: मोहन आचार्य

१४) ओखलढुंगा: रामहरि खतिवडा

१५) झापा-१: विश्वप्रकाश शर्मा

१६) पर्सा-२: अजयकुमार चौरसिया

१७) अछाम-२: पुष्प शाह

१८) कञ्चनपुर-३: रमेश लेखक

१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू

२०) कैलाली-४: वीरबहादुर बलायर

२१) गोरखा-१: राजेन्द्र बजगाइँ

२२) म्याग्दी: खमबहादुर गर्बुजा

२३) कञ्चनपुर-२: एनपी साउद

२४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री

२५) दैलेख-२: दिक्पालकुमार शाही

नेकपा एमाले
१) ललितपुर-२: प्रेमबहादुर महर्जन

२) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

३) उदयपुर-२: डम्बरबहादुर रायमाझी

४) गुल्मी-२: गोकर्ण बिष्ट

५) ताप्लेजुङ: योगेश भट्टराई

६) झापा-५: केपी ओली

७) झापा-२: देवराज घिमिरे

८) पर्सा-३: राजकुमार गुप्ता

९) अर्घाखाँची: टोपबहादुर रायमाझी

१०) प्यूठान: सूर्य थापा

११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ

१२) मकवानपुर-२: महेशकुमार बर्तौला

१३) कास्की-२: विद्या भट्टराई

माओवादी केन्द्र
१) सिन्धुली-२: लेखनाथ दाहाल

२) रूकुम पूर्व: पूर्णबहादुर घर्ती

३) बाग्लुङ-२: देवेन्द्रराज पौडेल

४) सिन्धुपाल्चोक-१: माधव सापकोटा ‘सुबोध’

५) रोल्पा: वर्षमान पुन

६) जाजरकोट: शक्ति बस्नेत

७) गोरखा-२: पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (एकीकृत समाजवादी)
१) अछाम-२: शेरबहादुर कुँवर

२) बारा-४: कृष्णकुमार श्रेष्ठ ‘किसान’

३) बझाङ: भानुभक्त जोशी

४) डोटी: प्रेम आले

५) दैलेख-१: अम्मरबहादुर थापा

६) सल्यान- प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी
१) काठमाडौं-८: विराजभक्त श्रेष्ठ

२) काठमाडौं-२ : सोविता गौतम

३) काठमाडौं-७: गणेश पराजुली

४) काठमाडौं-६: शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१) बाँके-२: धवलशमशेर राणा

२) जुम्ला: ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी
१) कैलाली-३: गंगाराम चौधरी

जनमत पार्टी
१) सप्तरी:२- सिके राउत

जनता समाजवादी पार्टी (जसपा)
१) पर्सा-१: प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१) रूपन्देही-४: सर्वेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनमोर्चा
१) बाग्लुङ-१: चित्रबहादुर केसी

स्वतन्त्र
१) बर्दिया-२: लालवीर चौधरी

प्रकाशित :२०७९ मंसिर ८, बिहीबार १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry