बाग्मतीका १३ जिल्लामध्ये सबैभन्दा बढी मत रसुवाबाट खस्यो
बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी मत रसुवा जिल्लाबाट खसेको छ । आज सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा प्रतिशतको हिसाबले सबैभन्दा बढी मत रसुवा जिल्लाबाट खसेको प्रारम्भिक आँकडा निस्केको छ ।
Advertisement 1
पाँच वटा गाउँपालिका रहेको रसुवामा कूल ३९ हजार चार सय ५९ मतदातामध्ये २८ हजार ७१२ मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जनाएका छन् । प्रतिशतको हिसाबले झण्डै ७३ प्रतिशत मत रसुवाबाट खसेको हो ।
बाग्मतीभित्र रसुवा,नुवाकोट, चितवन,धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक, रामेछाप,नुवाकोट, काभ्रेपलाञ्चोक,काठमाडौँ, भक्तपुर र ललितपुरका साथैं सिन्धुली, चितवन र मकवानपुर जिल्ला पर्दछन् ।
Advertisement 2
भक्तपुरमा ७० प्रतिशत मत खसेको छ । चितवनमा ६२ प्रतिशत मत खस्दा ललितपुरमा भने ६१ प्रतिशत मत खसेको बताइएको छ । काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खसेको छ ।
यस्तै सिन्धुपाल्चोक र मकवानपुरमा ५५ प्रतिशत मत खसेको जनाइएको छ । दोलखामा ५० प्रतिशत मत खसेको छ । यस्तै रामेछापमा पनि ५० प्रतिशत मत खस्दा सिन्धुलीमा ५३ प्रतिशत मत खसेको जनाइएको छ । धादिङमा ५० प्रतिशत मत खसेको जनाइएको छ । यस्तै नुवाकोटमा ५३ प्रतिशत मत खसेको प्रारम्भिक आँकडा निस्किएको छ । आज सम्पन्न निर्वाचनमा मुलुकको राजधानी काठमाण्डौमा ६३ दशमलव ९८ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा साँझ ५ बजेसम्म ४ लाख १७ हजार २३९ मत खसेको छ ।
यता निर्वाचन आयोगले मुलुकभर कूल ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।
Advertisement 3