करीब ६० प्रतिशत मत खसेको अनुमान,मतदातामा देखिएन उत्साह

निर्वाचन आयोगले मुलुकभर झण्डै ६० प्रतिशत मतदान भएको अनुमान गरेको छ । आजसम्पन्न भएको संघीय र प्रदेश सभा निर्वाचनमा झण्डै ६० प्रतिशत हाराहारी मत खसेको आयोगले जनाएको हो ।

Advertisement 1

यस पटकको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदान गर्नका लागि योग्य रहेकामध्ये करीब ६० प्रतिशतले मतदान गरेको आयोगका एक आयुक्तले अनुमान व्यक्त गरेका छन् । यद्यपि पूर्ण विवरण आउन भोलि बिहानसम्म कुर्नुपर्न छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले झण्डै ७० प्रतिशतभन्दा बढी मत खस्ने अपेक्षा गरेको थिए तर आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आयोगले अपेक्षा गरे भन्दा कम मत खसेको विश्लेषण गरेको छ ।

Advertisement 2

२०४८ को आमनिर्वाचनमा ८८ दशमलव १ प्रतिशत मतदान भएको थियो । त्यसपछि ०५१ मा ८६ दशमलव ७ प्रतिशत र २०५४ मा ८८ दशमलव १ प्रतिशत मत खसेकोमा त्यस यताको निर्वाचनमा मतदान घट्दै गएको देखिन्छ ।
०५९ मा ६५ दशमलव ८ प्रतिशत, २०६४ मा ६३ दशमलव ३ प्रतिशत, २०७० मा ७८ दशमलव ३ प्रतिशत खस्दा ०७४ को निर्वाचनमा झण्डै ६९ प्रतिशत मत खसेको थियो भने गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशतले मतदान गरेको आयोगको तथ्याङ्क छ।

 

प्रकाशित :२०७९ मंसिर ४, आईतवार १९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry