साञ्जेल जलविद्युतकोे शेयर बाँडफाँड, यसरी हेर्नुहोस

साञ्जेल जलविद्युत कम्पनी लिमिटेड,रसुवाले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । कम्पनीले १०० अङ्कित ३६ लाख ५० हजार कित्ता शेयर भदौ ५ देखि असोज ३० गतेसम्म आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि निष्काशन गरेको थियो।
सोही आईपिओ बिक्रि प्रबन्धक नागरिक लगानी कोष तथा सह बिक्रि प्रबन्धक सनराइज क्यापिटलले शेयर बाँडफाँड गरेका हुन् । आईपिओमा २८ हजार ६ सय ८ जना आवेदकहरुबाट ५६ लाख ७९ हजार ८ सय ७० कित्ताको लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।
Advertisement 1
शेयर बाँडफाँडसम्बन्धी विवरण धितोपत्र निस्काशन तथा विक्री प्रवन्धक नागरिक लगानी कोषको वेवसाइड https://nlk.org.np अर्थात सह निस्कासन तथा विक्री प्रवन्धक सनराइज क्यापिटल https://www.sunrisecapital.com.np/ अथवा सिडिएस एण्ड क्लियरिगद्धारा सञ्चालित https://cdsc.com.np/ बाट हेर्न सकिने जनाइएको छ ।
Advertisement 2