मन्त्रीले भनेको नमान्दा एक सातामै भन्सार विभागबाट सरुवा भए सहसचिव भट्टराई

अर्थमन्त्री जनार्दन शर्माले आफूले भनेको नमान्दा एक जना सहसचिवलाई बलिको बोका बनाइदिएका छन् । उनले सहसचिव महेश्वर भट्टराईलाई एयरपोर्ट भन्सारबाट तानेर भन्सार विभागको डिडिजी बनाएर खटाएका थिए साता दिन अघि ।
एकातिर उनको मानमर्दन हुनेगरी आफूभन्दा जुनियर सहसचिवको अण्डरमा रहनेगरी डिडिजी बनाएर पठाइयो,अर्काेतिर मन्त्रीले निर्वाचनको मुखमा विभिन्न भन्सार कार्यालयमा आफ्ना कार्यकर्ता भर्ती गर्नेका लागि अनावश्यक दरबन्दी श्रृजना गर्न दबाब दिए तर महेश्वरले नियम विपरितको काम गनए सक्दिन भन्ने अड्डी कसेपछि उनलाई साता दिनमै भन्सारबाट उद्योगतिर खेदिएको छ । निर्वाचन आचारसंहिता जारी भएसँगै २६ भाइ सहसचिवको सरुवा हुँदा भट्टराईलाई भन्सारबाट उद्योगतिर हुत्याइएको हो ।

Advertisement 1

यस्तै उर्जामा समेत एक जना डिजी यसैगरी बलिको बोका बनेको चर्चा सिंहदरबारतिर व्याप्त छ । उता सम्पत्ति शुद्धिकरणसम्बन्धी एउटा कार्यक्रममा भाग लिन सिंगापुर पुगेका सम्पत्ति शुद्धिकरणका डिजी प्रेम भट्टराईलाई बीचमै सरुवा गराएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा ल्याइएको छ भने प्रेमको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट ताराप्रसाद अधिकारीलाई पठाइएको छ । १ असोजदेखि गृहसचिवकै हैसियतले अष्ट्रेलिया निस्कन लागेका टेकनारायण (टिएन) पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेर थन्काइएको छ । ०

प्रकाशित :२०७९ भाद्र २९, बुधबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry