५ पुसको राजपत्र अहिले निस्कियो
अदालतलाई छल्नकै लागि हतार हतार संसद बिघटनको सूचना राजपत्रमा प्रकाशन गरिएको छ । आज केही अघि मात्र प्रकाशन गरी गत ५ पुसमा संसद बिघटनको सूचना राजपत्रमा प्रकाशन गरिएको हो । ।
हिजो बिहीबारको इजलाशमा संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो।
सोही बमोजिम आज बिहानै मुद्रण बिभागले हतार हतारमा राजपत्रमा संसद बिघटनको सूचना प्रकाशन गर्यो । त्यो पनि व्याक डेट अर्थात ५ पुसकै मिति राखेर ।
Advertisement 1
मुद्रण विभागका एक कर्मचारीका अनुसार हिजो बेलुकामात्र उनीहरुकहाँ पुगेको र त्यो भर्खर छापिएको,आइतबारमात्र बाहिर उपलव्ध हुने उनले सुनाए ।यो समाचार तयार पार्दासम्म सो राजपत्र मुद्रण विभागको वेव साइडमा हालिएको छैन् । जबकी ०७७ सालमा मुद्रण विभागले प्रकाशन गरेका १४६ सूचना राजपत्रमा प्रकाशित भइसकेका छन् ।
सोही सूचना केहीबेर अघि अदालतमा पेश भएको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ।
Advertisement 2
महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन्।