‘बालेन्द्रको स्प्रीड अनुसार काम गर्दछु,केही परिवर्तन गरेर देखाउँछु’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् । सामान्यको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको स्पमा पठाएर त्यहाँका लोकनाथ पौडेललाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।

Advertisement 1

०४९ सालबाट निजामती सेवामा पाइला राखेका अधिकारीले जागिरे जीवनमा ३० बर्ष समयमध्ये अधिकांश समय स्थानीय तहमै बिताएका छन् । सहलेखापालको रुपमा निजामती सेवामा प्रवेश गरेका अधिकारी ५२ सालमा महालेखापरीक्षक विभाग,०५३ सालमा नेपाल राष्ट्रबैंकमा कार्यरुत रहे । त्यसपछिका पाँच बर्ष लोकसेवा आयोगमा कार्यरत रहेका उनी खुलाबाट उपसचिवमा नाम निकालेसँगै शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा २ बर्ष काम गरे । विभिन्न स्थानीय निकायमा पाँच बर्ष समय व्यतित गरेका उनी त्यस पछि स्वास्थ्य मन्त्रालय,भौतिक मन्त्रालयमा काम गरे । ७४ सालमा सहसचिवमा बढुवा भए पछि उनी ५ महिना सुर्खेतको प्रमुख जिल्ला अधिकारी चलाए । झण्डै २ बर्ष समय प्रदेशमा बिताएका उनी साढे दुई बर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिए । निजामती सेवाभित्र इमान्दार छविका प्रशासकका रुपमा चिनिएका उनले महानगरपालिकाको मेयर र उपमेयरको स्प्रीड अनुसार काम गर्ने बताएका छन् ।

महानगरपालिको राजश्व/ आम्दानी बढाउने,पूँजीगत खर्च न्यून रहेकोले  त्यसलाई बढाउने ढंगले काम गर्ने र व्यवस्थापन सुधारको पक्षमा केन्द्रित रहेर काम गर्ने उनले जनाएका छन् ।कर्मचारी डटकमसँग संक्षीप्त कुराकानी गर्दै सहसचिव अधिकारीले महानगरपालिकामा केही परिवर्तन गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement 2

अरु सहसचिव को कहाँ पुगे ?
मन्त्रिस्तरीय निर्णयबाट हिजो दश सहसचिवको सरुवा हुँदा पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेको भौतिक पूर्वाधार मन्त्रालयमा पुगेका छन् भने सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालको गृह मन्त्रालयमा पुगेका छन् । बेपत्ता आयोगकी सहसचिव रोशनी श्रेष्ठको गृहमन्त्रालयमा सरुवा भएको छ। त्यस्तै संघीय मन्त्रालयको अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मन्त्रालयमै राखिएको छ। भौतिक योजना मन्त्रालयका सहसचिव सुरेश राउतको श्रम मन्त्रालय र वित्त आयोगका सहसचिव शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै संघीय मन्त्रालयको स्थानीय पूर्वाधार विकास बिभागका सहसचिव कृष्ण कुमार मिश्रको मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सरुवा गरिएको छ। मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव दीपक कुमार दासको वित्त आयोगमा सरुवा भएको छ।

प्रकाशित :२०७९ भाद्र १७, शुक्रबार १४:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry