अर्थमन्त्री भन्छन :-‘ कर्मचारीको तलब १५ प्रतिशत मात्र बढेको हो”
अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशत मात्र बढेको बताएका छन् । केही अघि सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत २६ गतेको क्याविनेटले गरेका २ दर्जन निर्णय गर्दा बुँदा नम्बर ५ मा सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णइ सार्वजनिक गरेका थिए ।
उक्त निर्णयसँगै कर्मचारी वर्गमा संशय पैदा भएको थियो । केही कर्मचारीहरुको तर्क छ संसद सेवाका ४३ सांसदले गरेको प्रयास अनुसार,क्याविनेटले मर्यादाक्रम अनुसार नयाँ तलबमान सार्वजनिक गरेको र केहीले कर्मचारीहरु चाहिँ गत बजेट बक्तव्यमा समावेश भए अनुसार सबै कर्मचारीहरुको समान १५ प्रतिशत तलब बृद्धि भएको तर्क गरेका थिए ।
Advertisement 1
तर अर्थमन्त्री जनार्दन शर्माले भने गत १५ जेठको बजेट बक्तव्य अनुसार नै सबै कर्मचारीको एकमुष्ठ १५ प्रतिशतमात्र तलब बृद्धि भएको र उक्त निर्णय यही साउन १ गतेदेखि लागू भएको प्रतिक्रिया दिएका छन् ।
उनले तलबसम्बन्धी समस्या सामाधान गर्नका लागि तलब आयोग गठन भएको र आयोगका सिफारिस अनुसार नै कर्मचारीहरुको तलब पुनरावलोकन हुने प्रतिक्रिया समेत दिएका छन् ।