एसईईको नतिजा भोलि सार्वजनिक गरिने

एसईई को नतिजा भोली (बुधबार) सार्वजनिक गरिने भएको छ । यसअघि नै कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने भनेको थियो तर पटक–पटक नतिजा सारिएको थियो ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईको नतिजा भोलि प्रकाशित हुने पक्का भएको छ ।
Advertisement 1
०७८ को परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी थिए । परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।यसअघि शैक्षिक सत्र २०७६/ २०७७ मा कोरोनाका कारण आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरिएको थियो । २०७८ मा पनि त्यहिँ अवस्था दोहोरिने छाँटकाँट देखा परेको थियो तर कोरोना मत्थर भएसँगै बोर्डले विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराइ परीक्षा सञ्चालन गरेको थियो ।
प्रकाशित :२०७९ श्रावण १०, मंगलवार १९:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%