श्रीमतीलाई खुकुरी हानेर भागेका पुरुष ३ तलादेखि झरे, उपचारको क्रममा दुवैको एकै समय मृत्यु
भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्को समेत मृत्यु भएको हो ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा रातिनै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी झगडाका कारण घरको तेस्रो तल्लाको बैठक कोठामा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ । आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी घिमिरेको उपचारका क्रममा राति करिब ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Advertisement 2
त्यस्तै खुकुरी प्रहार गर्ने श्रीमान कृष्ण प्रसाद ३ तला माथिबाट हामफालेर भाग्न खोज्दा गम्भीर घाईते भएकोमा उनको पनि उपचारकै क्रममा राति ११ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।
उनीहरुको फरक(फरक अस्पतालमा तर एकै समयमा मृत्यु भएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।