पोखराका मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

kf]v/fdf gjlgjf{lrt k|d'v cfrfo{ kf]v/f, !! h]7 M kf]v/f dxfgu/kflnsfsf gjlgjf{lrt k|d'v wg/fh cfrfo{ . t:jL/ M /flwsf sF8]n ÷/f;;

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उनी देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिएको बताइएको छ ।

Advertisement 1

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (गं) बमोजिमको स्थानीय तहतर्फको विषयगत समितिको सदस्य पदमा मन्त्रीस्तरीय निर्णयबाट यही साउन १ गते सदस्य तोकिएको हो ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराका प्रमुख आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ ।

प्रकाशित :२०७९ श्रावण ६, शुक्रबार ०८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry