लुम्बिनी प्रदेश : मन्त्रालयको नाम र कार्यक्षेत्र हेरफेर

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७८ को अनुसूचीमा हेरफेर गर्दै प्रदेशका मन्त्रालयको नाम समायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या १३ नै यथावत् राख्दै मन्त्रालयको नाम हेरफेर तथा समायोजन गरेको हो ।

Advertisement 1

लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । १३ वटै मन्त्रालय नै भए पनि कार्य विभाजनमा केही मन्त्रालयको नाम हेरफेर गरिएको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए । आर्थिक मामिला तथा सहकारी मन्त्रालयको नाम हेरफेर गरी अर्थ तथा सहकारी मन्त्रालय बनाइएको छ ।

त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय बनाइएको छ । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन ग्रामीण तथा सहकारी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बनाईएको छ । त्यसैगरि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण, शिक्षा तथा खेलकूद मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालय बनाइएको प्रवक्ता शर्माले जानकारी दिए ।

Advertisement 2

विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने, जगदिशपुर बर्ड स्याङ्चुअरी (पंक्षी आरक्ष) कार्ययोजना÷ व्यवस्थापना योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित :२०७९ श्रावण २, सोमबार ०९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry