घण्टौंसम्म केवलकारमा यसरी वन्धक बनाईए सयौं यात्रु

काठमाण्डौको चन्द्रागिरी केवुलकारमा समस्या आउँदा झण्डै तीस जना यात्रु घण्टौंसम्म बन्धक बनेका छन् । बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा घण्टौं अड्किएको छ । परिवारसहित चन्द्रागिरी पुगेका उनीहरु केबलकार बीचमै अड्किएको हो ।विद्युत आपूर्तिमा समस्या हुँदा अरु केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ ।
चन्द्रागिरीमा समय समयमा यस्तो समस्या देखिँदै आएको छ । यस अघि ३७ जना यात्रु तीन घण्टासम्म कारमै वन्धक वनेका थिए । केवलकार बिग्रदा झण्डै चार सय चन्द्रागिरीको डाँडामा अलपत्र परेका थिए । केवुलकार बिग्रिएपछि अड्किएकाहरुको उद्दार गर्न प्रहरी, चिकित्सक र नर्सहरु परिचालन गरिएको थियो। सामान्य समयमा १० मिनेटको यात्रा प्राविधिक गडबडीपछि एक घण्टा लागेको थियो ।

प्रकाशित :२०७९ असार २२, बुधबार १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry