उपसचिवमा बढुवाका लागि ४१ जनाको नाम सिफारिस (नतिजासहित)

लोक सेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा बढुवाका लागि ४१ जनाको नाम सिफारिस गरेको छ । जसअनुसार,प्रशासनतर्फका १७, राजश्वतर्फ ३, लेखापरीक्षणतर्फ ८, संसद सेवातर्फ १, लेखा समूहमा ६ जना,नेपाल सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूहतर्फ १ जना, नेपाल न्याय सेवा तर्फको सरकारी वकिल समूह दुई जना, कानून समूह एक जना र न्याय समूह तीन जना बढुवा नियुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरेको हो ।
प्रशासनतर्फ लिखित परीक्षाबाट उत्तीर्ण भएका २२ जनामध्ये अन्तर्वार्ताको लागि १७ जना मात्रै छनौट भएका थिए । जसमा ३ जना वैकल्पिकमा छनौट भएका छन् । यस्तै राजश्व समूहतर्फ २२ जनाका लागि २३ जना बढुवामा सिफारिस भएका हुन्, जसमा एक जना वैकल्पिकको लागि छनौट भएका छन् । लेखापरीक्षणतर्फ ६ जना सिफारिस हुँदा २ जना वैकल्पिक सिफारिस भएका छन । लेखापरीक्षणमा १७ जना अन्र्तवार्ताको लागि छनौट भएका थिए । यस्तै संसद सेवातर्फ एकजना मात्रै सिफारिस भएका छन् ।

Advertisement 1

samsad lekhapariksan rajosow lekha samanya prashasan

 

प्रकाशित :२०७९ असार ८, बुधबार १९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry