एनआइसी एसिया फ्लेक्सी क्याप फन्डको बिक्री खुला

एनआइसी एसिया बै‌ंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआइसी एसिया फ्लेक्सी क्याप फन्डको बिक्री खुला भएको छ । प्रतिइकाइ मूल्य १० रुपैयाँअंकित दरको १० करोड इकाइमध्ये बीज पुुँजीबापत न्यूनतम एक करोड ५० लाख इकाइ कोष प्रवद्र्धक एनआइसी एसिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ १९ जेठ देखि २४ जेठसम्म निष्कासन तथा बिक्री खुला भएको हो ।

Advertisement 1

एनआइसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना रहेको जनाइएको छ । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिने कम्पनीले उल्लेख गरेको छ ।

उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीमा लगानी गर्दा सूचीकृत कम्पनीहरूलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरी जुन क्यापभित्र रहेका कम्पनीहरूबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूहअन्तर्गतका कम्पनीमा लगानी गरिने जनाइएको छ ।

Advertisement 2

उक्त योजनाको न्यूनतम १०० इकाइ र अधिकतम एक करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यसको इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त फन्डमा लगानी गर्ने इकाइधनीहरूलाई योजनाको अवधिभरमा १३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने कम्पनीले अनुमान गरेको छ । इकाइ खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोष जस्तै सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाइ खरिद गर्न आवेदन दिन सक्ने जनाइएको छ ।

Advertisement 3

 

प्रकाशित :२०७९ जेष्ठ १९, बिहीबार १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry