कर घटाएर उपभोक्तालाई सहुलियतमा इन्धन दिइनेः बडू

१० जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले कर घटाएर उपभोक्तलाई सहुलियतमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने भएको छ ।

Advertisement 1

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लगाएको कर घटाउने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने निर्णय गरेका हुन् ।

उनले आज संसद बैठकमा सम्बोधन गर्दै कर समायोजनको विषयको प्रस्ताव अर्थ मन्त्रालयले तयारी गरिरहेको पनि बताएका छन् । कति कर घटाउने भन्ने विषयको टुंगो अर्थ मन्त्रालयले लगाउने पनि उनले बताए । बडूले रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेका कारण नेपालमा पनि बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको जानकारी दिए ।

Advertisement 2

 

प्रकाशित :२०७९ जेष्ठ १३, शुक्रबार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry