संघीय सरकारलाई रेणुको चुनौती,दुई दिन बिदा अस्वीकार

दुई दिन बिदा दिने संघीय सरकारको निर्णयलाई चौरीदेउराली गाउँपालिकाले नमान्ने भएको छ । उस्ले सातामा शनिवार र आइतबार बिदा दिने निर्णय अस्वीकार गरेको छ । नवनिर्वाचित पालिकाप्रमुख रेणुका चौलागाईले पालिकाभित्र आइतबार सार्वजनिक बिदा नदिन आदेश दिएकी छिन । उनले एक सूचना जारी गर्दै शनिबार एक दिनमात्र बिदा दिएर बाँकी छ दिन यथावत रुपमा काम गर्न वा गराउन निर्देशन दिएकी हुन ।

Advertisement 1

अध्यक्ष चौलागाईद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था जेठ १ गतेदेखि लागूसमेत भइसकेको अबस्थामा पालिकाभित्र रहेका सरकारी,गैह्रसरकारी,बैंक तथा बित्तिय संस्थाहरुले समेत नियमित सेवा प्रवाह गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि आइतबारसमेत उल्लेखित संस्थाबाट सेवाहरु सञ्चालनमा रहने सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ ।


चौलागाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएकी हुन । उनले ६२२८ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका  राम लामाले ५४६३ मत पाएका थिए ।

प्रकाशित :२०७९ जेष्ठ १३, शुक्रबार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry