सिभिल बैंकको संस्थापक सेयर बिक्रीमा

सिभिल बैंक लिमिटेडले ३ लाख ७० हजार ७ सय ६ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

Advertisement 1

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, सिभिल ट्रेड सेन्टर, सुन्धारा, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

प्रकाशित :२०७९ जेष्ठ १३, शुक्रबार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry