को- को छन् सचिव बढुवाको लाइनमा ?

एक जना विवाद्स्पद चरित्रका कर्मचारीलाई सचिवमा उकाल्ने तयारी भइरहेको छ । यही जेठ चार गते उर्जा मन्त्रालयका सचिव देबेन्द्र कार्कीले अवकाश पाएसँगै रिक्त रहेको सचिव पदमा बिगतमा बदनामी कमाएका रामआधार साहलाई सचिवमा उकालिन लागेको हो ।
Advertisement 1
रिक्त रहेको प्राविधिकतर्फका सचिवका लागि सुर्जुकुमार वैद्य पहिलो नम्बरमा छन् भने रामआधार साह दोश्रो नम्बरमा र तेश्रो नम्बरमा प्रतिष्प्रर्धामा छन् विश्ववाबु पुडासैनी यस्तै अर्काे प्रतिष्पर्धी छन् केशव शर्मा । सचिव बढुवा सिफारिस समितिले यी चारमध्ये बरिष्ठताका आधारमा बढुवाका लागि सिफारिस गर्नेछ र सोही आधारमा अब बस्ने क्याविनेट बैठकले एक जनालाई सचिवमा उकाल्नेछ ।
स्रोतका अनुसार,दोश्रो नम्बरमा रहेका रामआधार अहिले नै सचिवमा बढुवा खान शक्तिकेन्द्रमा धाइरहेका छन् । अबको पाँच महिना पछि मात्र प्राविधिकतर्फको अर्काे सहसचिव सचिवमा बढुवा हुन पाउनेछन कारण प्राविधिक तर्फका अर्काे सचिव सागर कुमार राईले अवकाश पाउने छन् आगामी कार्तिकमा छ । त्यही कारण साह अहिले देखि सचिवमा बढुवा खान शक्तिकेन्द्रको दैलो धाइरहेका छन् ।
Advertisement 2
साह कर्मचारी बृत्तमा बदनामी कमाएका पात्र हुन जो पटकपटक कारवाहीमात्र परेका छैनन जेलै गइसकेका छन् बदमासीका कारण उनी साह शाखा अधिकृत हुँदा नै पटकपटक नसिहत पाएका थिए । खराब आचरणका कारण २०६६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको दुई ग्रेड घटुवाका लागि सिफारिश गरेको थियो ।उ नी गुणस्तर तथा नापतौल विभागको डिजी हुँदा नाकाबन्दीको समयमा पम्पहरूसँग मिलेर कालोबजारी गरेको समेत आरोपमात्र लागेन यही प्रकरणमा परेर जेलसम्म पुगे । पछि जिल्ला अदालतलका न्यायधीशहरु सेटिङ मिलाएर उन्भुक्ति पाए । अहिले उनैलाई बरियता मिचेर सचिवमा बढुवा खान परेको छ ।