अध्यादेशबाट निजामती सेवा ऐन ल्याउने गृहकार्य,उमेर हद ६० बर्ष पुर्याइने

सरकारले मुलुकको प्रशासनिक संयन्त्र चलाउने कर्मचारीहरुको मूल कानुन अध्यादेशबाट ल्याउने गृहकार्य शुरु गरेको छ । विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको मूल कानुन निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने आन्तरिक तयारी हो । मन्त्रालयले कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी गरेको हो ।
यस्का लागि सरोकारवालासँग मन्त्रालयले प्रारम्भिक छलफल समेत गरिसकेको छ । अब चाँडै मन्त्रिपरिषद्मा पेस गर्ने तयारी हुँदैछ । संघकै ऐन आउन ढिला हुँदा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनमा समेत समस्या रहेका कारण छाता ऐनका रूपमा रहेको सङ्घीय निजामती सेवा ऐन यथाशिघ्र ल्याउने मन्त्रालयले गृहकार्य अघि बढाएको हो ।
यस्तै अध्यादेशबाट ल्याउन लागिएको ऐनमा निजामती कर्मचारीहरुको सेवा अवधि २ बर्ष थपेर ६० बर्ष बनाउने तयारी समेत चल्दैछ । अहिले निजामती बाहेक अन्य सेवाको कर्मचारीको उमेर हद ५८ बर्षभन्दा बढी नै छ । विघटित प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको सङ्घीय निजामती सेवा विधेयकमा अध्यादेशबाट जारी गर्दा कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाइने भएको छ । विचाराधीन विधेयकमा कर्मचारीको अवकाश उमेर हद चरणबद्ध रूपमा ६० वर्ष नै बनाउने प्रस्ताव छ । हाल निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष छ । ६० वर्षे लागू हुँदा सचिव बढुवाको सूचीमा रहेका सहसचिवलाई भने बेफाइदा हुनेछ । उनीहरूको बढुवा पर धकेलिने जनाइएको छ ।

प्रकाशित :२०७७ पुष २३, बिहीबार १२:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry