काँग्रेस सांसद मोहन आचार्यको पालिकामा एमाले,वडामा माओवादी विजयी
नेपाली काँग्रेसका सांसद तथा ठेकेदार मोहन आचार्यको पालिकामा मात्र होइन वडामै समेत काँग्रेस पराजीत भएको छ । उनको वडाबाट काँग्रेसका उम्मेद्धारलाई भारी मतान्तरले हराउँदै माओवादी केन्द्रका उम्मेद्धार यमनाथ आचार्य निर्वाचित भएका छन् । आचार्यले ९१५ मत ल्याउँदा काँग्रेसका वडा अध्यक्षका उम्मेद्धारले ४४१ मतमा चित्त बmुभाउनु परेको छ । सो वडामा काँग्रेस दोश्रो र एमाले तेश्रो पोजिसनमा रहेको छ ।
यस्तै सांसद आचार्यकै निवास पर्ने उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले भारी मतले विजयी भएको छ। अध्यक्षमा माधव अर्यालले २९९९ मत ल्याउँदा उनीसँग प्रतिष्प्रर्धामा उत्रिएका निर्वतमान पालिका प्रमुख उपेन्द्र लम्सालले २५६० मतमा चित्त बुझाउनु परेको छ । यस्तै उपाध्यक्षमा भने निर्वतमान पालिकाको उपाध्यक्ष चमेली लोकप्रिय मतका साथ निर्वाचित भएका छिन् । उनले ३१३४ मत ल्याउँदा उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २४५२ मतमा चित्त बुझाउनु परेको छ ।
अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेका लालबहादुर तामाङ, वडा नम्बर ४ मा कांग्रेसका अमर बहादुर बुलुन र वडा नम्बर ५ मा माओवादीका यमनाथ आचार्यले जित हासिल गरेका छन्।
Advertisement 1
२०७४ सालमा भएको निर्वाचनमा यो पालिकाबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको थियो।