गोसाइँकुण्डमा एमालेका अध्यक्ष र उपाध्यक्ष दुवै निर्वाचित

रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले जितेको छ । कैसाङनुर्पु तामाङले ४ सय ८३ को मतान्तरसहित उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।

Advertisement 1

उनले २ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए ।

उपाध्यक्षमा विजयी प्रतिमा तामाङले २ हजार ५ सय ४५ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको देकी तामाङले २ हजार ८८ मत पाइन् ।

Advertisement 2

 

 

प्रकाशित :२०७९ जेष्ठ २, सोमबार ०६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry