लगातार ६ दिन सार्वजनिक बिदा

सरकारले लगातार ६ दिन विदा दिने भएको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते अघिपछि लगातार ६ दिन सार्वजनिक विदा परेको हो ।

Advertisement 1

बैशाख ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा परेको छ । त्यस्तै, बैशाख ३१ गते शनिवार त्यस्तै सरकारले जेठ महिनादेखि सातामा २ दिन विदा दिने निर्णय गरेको छ । त्यसैलै, जेठ १ गते आइतबार परेको हुँदा सो दिन पनि विदा परेको छ । सरकारले अव शनिवार आइतबार पनि विदा दिने छ ।

जेठ २ गते बुद्ध जयन्ती परेको छ । सरकारले बुद्ध जयन्तीको दिन हरेक वर्ष सार्वजनिक विदा दिने गरेको छ । सरकारी पात्रोमा जेठ २ गते सार्वजनिक विदा रहेको छ ।

Advertisement 2

यता सरकारले स्थानीय तहको निर्वाचन हुनुभन्दा एक दिन अघि सार्वजनिक विदा दिने तयारी गरेको छ । सरकारले बैशाख २९ गते पनि सार्वजनिक विदा घोषणा गर्ने तयारी गरेको हो । कामको सिलसिलामा अस्थायी बसोबास गर्ने मतदातालाई स्थायी थलोमा पुग्न सरकारले निर्वाचनको अघिल्लो दिन नै सार्वजनिक विदा दिने अभ्यास विगतमा गरेको थियो ।

त्यस्तै, सरकारले मतदान केन्द्र रहेका स्कूल, कलेज, स्वास्थ्य चौकी लगायत सार्वजनिक निकायहरु भने बैशाख २८ गतेदेखि नै बन्द गर्ने निर्णय गरिसकेको छ । मतदान तथा सुरक्षाको हिसावले सम्पूर्ण तयारी गर्नुपर्ने भएकाले २८ गते नै बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित :२०७९ बैशाख २७, मंगलवार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry