‘मध्यपुर थिमीको एक नम्बर वडामा फेरि पनि नेपाली कांग्रेसले जित्छ’
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट बाबुकाजि डंगालले उम्मेदवारी दिएका छन् । उनी यस टोलमा चीरपरिचत अनुहार हुन । अहिले उनी यस वडामा घरदैलो अभियान, तथा भेटघाटमा व्यस्त छन् । आफूले चुनाव जित्नेमा उनी ढु्रक्क छन् ।
Advertisement 1
अघिल्लो पटक पनि यस वडामा नेपाली कांग्रेसले चुनाब जितेको थियो । यो क्षेत्रमा सुरु देखि नै नेपाली कांग्रेसको पकड छ । यसपटक पनि कांग्रेसको पकड कायम हुनेमा डंगोल ढुक्क भएका छन् । यस वडामा ५ हजार १ सय २५ भोट छ । यो भोट मध्ये १ हजार देखि १ हजार २सय भोटको फरकले चुनाब जित्नेमा डंगोल विश्वस्त छन् । अघल्लो पटक कांग्रेसले ४ सय भोटको फरकले चुनाव जितेको थियोे । यसपटक दोब्बर भोटको फरकले चुनाव जित्ने उनले यसकारण आँकलन गरेका छन कि, यसपटक मध्यपुर थिमीमा मेयर, उपमेयर र सबै वडामा नेपाली कांग्रेस र माओवादी केन्द्रवीच तालमेल भएको छ । यस वडामा माओवादी केन्द्रको पनि केही भोट छ । यो भोट यसपटक डंगोललाई जाने भएको छ ।
डंगोल विगत ३० वर्ष देखि नेपाली कांग्रेसमा सम्बद्ध छन् । उनी विभिन्न सामाजिक काममा पनि व्यस्त हुने गरेका छन् । भुकम्प गएको बेला होस या कोरना महामारीको बेला होस उनले आफै दाल चामल बाकेर राहत वितरण गरेका छन् । उनले भने, ‘त्यसेले बाबुकाजि डंगाल काम गर्छ,यो काम गर्ने मान्छे हो भन्ने भन्ने वडाबासीको विश्वास छ ।’
अघिल्लो पटक जनताबाट आएको गुनासो अब अब आफूले आउनै नदिने उनले प्रतिबद्धता व्यक्त गरे । आफूलाई वडाका सबै कांग्रेसका नेताहरुको सहयोग र सदभाव रहेको उनले बबताए । उनले भने,‘यसपटक हाम्रो पक्षमा माहौल ह्वात्तै बढेको छ । कांग्रेसलाई जिताउनु पर्छ भन्ने सबैको भावना देखिएको छ ।’ २०७४को निर्वाचनमा मध्यपुर थिमीमा उपमेयर र ९ वडामध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । तर मेयरमा भने एमालेका उममेदवार विजयी भएका थिए । एमाले नेतृत्वले गरेको काम देखि मध्यपुर थिमीका जनता वाक्क भएको डंगोललको भनाइ छ । उनले भने,‘हामीले व्यबहारमै काम गरेर देखाउने छौ । काम गर्नकै लागि हामीलाई जिताउनुहोस भन्ने आग्रह हो ।’
डंगोलले २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । वडा नम्बर १ का बासीहरुले भोग्दै आएका समस्याहरुलाई उनले आफ्नो प्रतिबद्धता पत्रमा सम्बोधन गरेका छन् ।