जसको ५ वर्षे कामले यसपालि भोट मागिरहनै नपर्ने अवस्था बन्यो

अञ्जनकुमार हिमाली

Advertisement 1

चुनाव जित्नु र हार्नुसंग उनलाई त्यत्ति चिन्ता छैन । चिन्ता त केही अधूरा जनपक्षिय काम पूरा गर्न सकिन्छ कि सकिन्न भन्नेमा छ । गत निर्वाचनमा चितवनका अधिकाशं स्थानीय सरकार गुमाउँदै गर्दा भौगोलिक रूपमा पनि निकै विकट रहेको ईच्छाकामना गाउँपालिकामा जीत निकाल्न सफल गीता कुमारी गुरुङ पुन पाँच दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदको प्रत्यासी बन्नु भएको छ ।

गीताको अर्थ आफैमा अर्थ पूर्ण छ । ज्ञान, कर्म, भक्तियोग साथै मानवीय कर्तव्य बारेको उपदेश । गीता कुमारी गुरुङ त्यहिं साधनाको प्रतीक । सादगी, भरसक मितव्ययितामा जोड दिने गुरुङलाई आफ्नैबाट प्रहार हुन खोजे । विक्षिप्त पार्न खोजे तर अडान साहस र आम गाउँबासीको विश्वास जित्न सफल गुरुङको विकल्प उनी आबद्ध पार्टीले देखेन। चुनाव त कुनै चिन्ह लिएर लडलिन् तर अध्यक्ष आम नागरिकको बन्ने कुरामा उनमा कुनै खोट छैन । नोट विच्चाएर चुनाव जित्न खोज्ने, पाखुरा सुर्काएर धड्पकाड गर्न पर्ने उनलाई आबस्यक छैन र त खुलम खुला सौहार्द पूर्ण उनको उद्घोष छ जनताले विश्वास गरेर पत्याए भने सेवामा जुट्छु हैन पत्याएनन् भने मेरै कमजोरी रहेछ भन्दै स्वीकार्छु । हर्ष र विस्मातको कुनै बर्को ओड्नु छैन उनलाई ।

Advertisement 2

शिक्षण पेशाबाट आएकी गीतालाई नयाँ कामको कुनै अनुभूति त थिएन तर यो पाँचवर्ष उनले निर्विवाद सफल पूर्वक आफ्नो कार्यकाल पूरा गरिन् । प्रतिपक्षमा रहेको एमालेले पनि खासै उनको काम प्रति अप्ठारो पारेन। त्यत्ति असहयोग पनि गरेन । बरु अहिले उनको आड लागेर चुनाव जित्ने दौडधूपमा लागेका माओवादी केन्द्रका नेताहरुले भने खोइरो खन्न खोजे । नबिराउनु नडराउनु तरपनि गीतामा त्यस्तो कुनै वैरभाव उत्पन्न भएन ।

पाँच वर्ष अवधिमा सबभन्दा त उनले आफ्नो प्रशासनिक भवन निर्माण गर्न सफल भइन् । दुर्गम वडाहरुमा वडा भवनहरु बने । गाउँपालिकासंग वडा जोड्ने बाटो निर्माण, ऐतिहासिक स्थल पहिचान र त्यसको स्तरीकरण गोरेटो बाटो साथै जनतासंग जोडिएका न्यूनतम कुराहरू प्राथमिकतामा राखी सबालीकरण गर्ने काम गरिन् । कृषिलाई व्यवसायिक गराउन कृषकहरुको पहिचान गरी नगद अनुदान उपलब्ध गराइन्। बाख्रा पालक कृषकलाई नगद अनुदान सहित नमुना खोर निर्माणमा समेत अनुदान उपलब्ध गराइन्। स्वास्थ्यमा पूर्ण ध्यान दिने हेतुले पालिकामा कोभिड अस्पताल निर्माण गरियो । कोभिडले थलिएको बेला पनि इच्छाकामनाका जनताले दुखानुभूति गर्न परेन । बरु विभिन्न ठाउँमा जाने नागरिकलाई पालिकाले सहजीकरण गर्यो । दोश्रो कार्यकाल पनि समाल्न पाए बाँकी जीवन नागरिक मै समर्पित गर्ने धेयले प्रत्यासी बनेकी गीता कुमारी गुरुङ जनताले अन्याय नगर्ने र विगतको काम देखेरै आफूलाई मत दिने बताउँछिन् ।

प्रकाशित :२०७९ बैशाख २१, बुधबार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry