लोडसेडिङ हटाउने कुलमान होइनन्, केपी ओली हुन्ः शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ अन्त्य गर्ने कुलमान घिसिङ नभई केपी ओली भएको तर्क गरेका छन् । प्युठानमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा पोखरेलले लोडसेडिङ अन्त्यको जस घिसिङलाई दिइएकोप्रति असन्तुष्टि पोखे ।

Advertisement 1

भारतबाट विद्युत ल्याउने ट्रान्समिशन लाइन बनाउने र विद्युत खरीद गर्ने काम ओलीको समयमा भएकोले लोडसेडिङ अन्त्य भएको उनको तर्क छ । नेपालमा लोडसेडिङ रहेको बेला प्रधानमन्त्री ओलीले भारतबाट विद्युत ल्याउने ढल्केबर–मुजफ्फपुर ट्रान्समिसन लाइन सञ्चालनमा ल्याउने र विद्युत खरिद सम्झौता गरेर बिजुली ल्याउने कामको थालनी भएपछि लोडसेडिङ अन्त्यको आधार तयार भएको बताए ।

यी कामहरु घिसिङ आउनुअघि नै भएको बताउँदै पोखरेलले प्राधिकरणको एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही होइन् भने । उनले भने, ‘कुलमान घिसिङले विद्युत चुहावट न्यूनीकरणमा काम गरेका हुन्, विद्युत संकट समाधान गर्ने आधार भने प्रधानमन्त्री केपी ओलीले तय गर्नुभएको हो ।’

Advertisement 2

पछिल्ला दिनमा कुलमान घिसिङ नभएकाले लोडसेडिङ हुन थालेको भन्दै सरकारको आलोचना सुरु हुन थालेपछि मुख्यमन्त्री पोखरेलले लोडसेडिङ अन्त्यको जस घिसिङलाई नभई केपी ओलीलाई जाने बताएका हुन् ।

प्रकाशित :२०७७ पुष १७, शुक्रबार ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry