गाडी आयातमा एलसी बन्द भएपछि व्यवसायीले प्रधानमन्त्रीसँग पाेखे गुनासो

सवारी साधन आयातको एलसी रोकिएकोबारे प्रधानमन्त्री शेर बहादुर देउवाले चासो देखाएका छन् । गाडीको एलसी रोकिएपछि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको नाडा नेतृत्वसँग देउवाले एलसी रोकिएकोबारेमा आश्चर्य समेत व्यक्त गरेका हुन् ।

Advertisement 1

नाडा अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्दै यस्तो आग्रह गरेको हो। भेटघाटमा अध्यक्ष थापाले २ खर्ब भन्दा बढीको लगानी रहेको गाडी व्यवसायले हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजश्वमा योगदान पुर्‍याउँदै आएको स्मरण गराए । बैङ्क तथा वित्तीय संस्थाले सवारीसाधन र स्पेयर पार्टसको आयातका लागि एलसी खोल्ने सम्बन्धमा व्यवसायीलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको व्यवसायीको गुनासो छ ।

छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रको ठूलो योगदानका बाबजुद पनि सरकारका नीतिहरु जहिले पनि अटोमोबाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे।

Advertisement 2

भेटमा प्रधानमन्त्री देउवाले नाडाका सुझावहरुलाई सकारात्मक बताए। ‘सवारीसाधनहरुको आयातका लागि एलसी खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइनेछु’, उनले भने।

प्रकाशित :२०७८ चैत्र २५, शुक्रबार १६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry