थरीथरीका राजनीतिक नियुक्ति :- साढुभाई,ज्वाई,म्यानपावर व्यवसायीदेखि पीआरधारीसम्म

निर्वाचन आचारसंहिता लाग्नु अघि सरकारले ठूलो संख्यामा नियुक्ति टुंग्याएको छ । विगत लामो समयदेखि रिक्त रहेको उद्योगमन्त्री नियुक्तिदेखि,२० देशमा राजदुत नियुक्तिको काम हिजै तमाम पारिएको छ । यस्तै नेपाल टेलिकमका प्रवन्ध निर्देशक,समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष,हेटौंडा सिमेन्ट उद्योगको नियुक्ति समेत हिजैको क्याविनेटले टुंग्याएको छ ।
Advertisement 1
कुनै पनि राजनीतिक नियुक्ति भेट्नका लागि वाञ्छनीय योग्यता के हुनुपर्दछ ? सरकारले तोकेको मापदण्ड नपुगेको पनि हुन्छ । नातागोता,आफन्त वा द्रव्य चढाउन सक्ने अत्तिरिक्त योग्यता भएको खण्डमा सरकार आफैंले बनाएको मापदण्ड संशोधन गरेरै भए पनि यस्ता पात्रलाई नियुक्ति गरेरै छाड्छ भन्ने दृष्टान्त देखियो हिजोको क्याविनेटमा पनि ।
यसरी नियुक्ति गरिँदा कोही नेताका ज्वाई,साढुभाईले नियुक्ति पाएका छन् त केही म्यानपावर व्यवसायी पनि परेका छन् । अझैं रोचक त अमेरिकाको पिआरधारीले समेत राजनीतिक नियुक्ति पड्काएका छन् । सरकारले हिजो एकै पटक २० देशका राजदुत नियुक्त गरेको छ । जहाँ राजनीतिक कोटाबाट १२ जना र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस
भएका छन् । राजनीतिक कोटाबाट राजदूत सिफारिस हुनेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी ज्वाईं कैलाश पोखरेल परेका छन् । श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन् ।यस्तै जसपाका नेता नवराज सुवेदीसम्म छन् ।पोखरेल अष्ट्रेलिया र सुवेदी साउदी अरबका लागि सिफारिसमा परेका छन् ।
Advertisement 2
यसअघि ओमानका लागि राजदूत रहेकी शर्मिला पराजुली ढकाललाई फेरि स्पेनका लागि सिफारिस गरिएको छ ।म्यानपावर व्यवसायी पराजुली पछिल्लो ०७३ साल यताका तीन वटै सरकारले पत्याएर राजदुत बन्न सफल महिला हुन । ०७३ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओमनको राजदुत नियुक्त भएकी थिइन । त्यसपछिको काँग्रेस माओवादीको सरकार होस वा अहिलेको गठबन्धनको सरकार उनी राजदुतमै नियुक्ति मिलिरहेको छ । यस अघि ओमनको राजदुत बनेकी शर्मिलालाई अहिले स्पेनको राजदूत सिफारिस गरेको छ । माओवादी केन्द्रको कोटामा परेको चीनका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन् । उनी माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुख हुन् ।
त्यस्तै, मिलन तुलाधर रसिया र शान्ता रिजाल इजरायलका लागि राजदूत सिफारिस हुँदा परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी पनि परेका छन्। उनी भर्खरै बेलायतबाट फर्किएर मन्त्रालयको प्रोटोकोल डिभिजन चीफमा कार्यरत थिए ।
Advertisement 3
क्याबिनेटले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा दलाल दिपक भट्टनिकट सुनिल पौडेललाई नियुक्त गरेको छ । पौडेल सुरक्षण मुद्रण विकास समिति का कार्यकारी निर्देशक विकलप्रसाद पौडेलका दाजु हुन् । विकल गोकुल सञ्चारमन्त्री हुँदा ७० करोड प्रकरणमा डामिएका व्यक्ति हुन । र सुनिल अमेरिकाको पीआरधारी रहेको चर्चा छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्ति भेटेका छन् भने हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्ति पाएका छन् । क्याबिनेट बैठकले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय छ ।