१३ जिल्लामा फैलियो बर्डफ्लू, उच्च सतर्कता अपनाउन आग्रह

बर्डफ्लू संक्रमण बढेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । दुई महिनाको समयमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको विभागले जनाएको छ ।

Advertisement 1

गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताए ।

संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।

प्रकाशित :२०७८ चैत्र २२, मंगलवार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry