नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सले सोमबार वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

Advertisement 1

साधारण सभाले सेरध नीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनश सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुनेछ।

अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा उनले समीक्षा वर्षमा कम्पनीले कुल बीमा शुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको बताए। उनले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायीक हिस्सा र गरिमालाई तमाम चुनौतिहरू बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रीत योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरूमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Advertisement 2

सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरूमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए। त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरूमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको जानकारी गराए।

सभाबाट आर्थिक वर्ष २०७६/०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरू सभाद्वारा पारित भएको छ।

Advertisement 3

सभाले संस्थापक सेयर धनीका तर्फबाट २०७८ चैत ७ गते प्रकाशित निर्वाचन कार्यक्रम अनुसार चैत १३ गते संस्थापक संचालकमा उम्मेद्वारी मनोनयन गरी चैत १४ गते अन्तिम नामावली प्रकाशित भए अनुसार निर्विरोध निर्वाचित भएका चार जना संचालकहरूको नाम घोषणा गरिएको छ। सो अनुसार निर्विरोध निर्वाचित हुने संस्थापक संचालकहरूमा श्री गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान भएका छन्।

साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई  संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।हाल यस कम्पनीको लगानी १३३.८६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख भन्दा बढी प्रशिक्षित अभिकर्ता छन्। हाल कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर दुई सय दुई कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी ३० लाखभन्दा बढी बीमितहरू छन्। ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित :२०७८ चैत्र २२, मंगलवार ०८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry